आज ६६२ कोभिड संक्रमित, १३ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक ३ २०७८
7.5K
SHARES

३ कात्तिक काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६२ जना कोभिड संक्रमित थपिएका छन् । ८ हजार ४२६ वटा नमुनाको परीक्षण गर्दा ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ ।

त्यस्तै आज ७५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।