आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ५ २०७८
8.6K
SHARES

५ कार्तिक काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।