यस कारण दिए नेता रावलले राजीनामा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक ५ २०७८
5.5K
SHARES
५ कात्तिक काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नै १० बुँदेको औचित्य नरहेको बताएपछि आफूले फरक मत राखेर कार्यदलबाट राजीनामा दिएको बताएका हुन् ।
उनी १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट