अध्यक्ष १० बुँदेको औचित्य छैन भनेपछि राजीनामा दिएँ – नेता रावल


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक ६ २०७८
8.8K
SHARES

६ कात्तिक काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नै १० बुँदेको औचित्य नरहेको बताएपछि आफूले फरक मत राखेर कार्यदलबाट राजीनामा दिएको बताएका हुन् ।

उनी १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक थिए ।