संघीयता उल्टाउने प्रयत्न भइराखेको छ – प्रचण्ड
७ कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् ।
आज काठमाडौंमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई नै अपराधी साबित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका हुन् ।
प्रचण्डले जातीय विभेदका लागि भएका विद्रोहलाई समेत बदनाम गराउन खोजिएको बताए । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफूले अनेक आरोप खेप्नुपरेको उनको भनाइ छ ।