नेपाल सरकारले तोक्यो नयाँ करको दर : कुन शीर्षकमा कति ? (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १० २०७८
11K
SHARES

१० कात्तिक काठमाडौं। चालु आर्थिक वर्ष २०७८/७९का लागि आन्तरिक राजश्व विभागले नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्मका विभिन्न दरहरू तोकेको छ। यो वर्षका लागि तीनवटा शीर्षक अग्रिम करकट्टीका लागि थपिएका छन्। चालु वर्षको ऐन आएपछि विभागले करको दर सार्वजनिक गरेको हो।

वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिँदा तोकिएको कर कट्टी राजस्व खातामा गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ।

सरकारले आयकर ऐनमा गरेको परिवर्तनअनुसार विभागले नेपालमा बसेर सफ्टवेयर तथा सूचना प्रविधि सेवा निर्यात गरेर आम्दानी गर्नेहरूले नेपालमा १ प्रतिशत कर तिर्नुपर्छ।

यस्तो कर उनीहरूलाई रकम भुक्तानी गर्ने बैंक वा रेमिट्यान्स कम्पनीले कर कट्टी गर्नुपर्छ। परामर्श सेवा दिने, युट्युब, सामाजिक सञ्जालबाट आम्दानी गर्नेहरूलाई पनि यहीअनुसार कर लगाउनुपर्ने छ।

 करको दर हेर्नुहोस्: