निर्वाचनमा अग्नि सापकोटाविरुद्ध एमाले होमिन्छ : अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १३ २०७८
7.6K
SHARES

१३ कात्तिक काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय व्यवस्थाको मर्यादा कायम गर्न नसकेको आरोप लगाएका छन्। शनिबार एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटाप्रति आक्रोश पोखेका हुन्।

एमालेले १४ सांसदमाथि गरेको कारबाही सदर नगरेको तथा आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषद्को बैठकमा नआएको भन्दै आक्रोश पोखे।

ओलीले भने, ‘अबको निर्वाचनमा अग्नि सापकोटाजस्ता संसदीय व्यवस्थाका कलंकलाई कसैगरी एमालेले हराउनै पर्छ। सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा एमालेले २ सीट र प्रदेश सभामा ४ सीट जसरी पनि जित्नै पर्छ। स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालले जित्नुपर्छ।’

सापकोटाले संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएर आफ्नो मर्यादा भुलेको पनि ओलीले आरोप लगाए।उनले माओवादीका अध्यक्ष प्रचण्ड आफ्नो अस्थिर चरित्रका कारण कुनै पार्टीमा पनि टिक्न नसक्ने बताए।