अहिले बयलगाडाको सोच भएकाहरु ओलीतिर छन् : अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १३ २०७८
9.5K
SHARES

१३ कात्तिक विराटनगर। आज नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बयलगाडाको सोच हुनेहरु केपी ओलीतिर लाग्ने बताएका छन् । विराटनगरमा नेकपा (एसले) आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले एमालेमा ९ रेक्टरस्केलको भूकम्प गएकोले आफ्नो घर नै असुरक्षित भई नयाँ पार्टी गठन गरेको सुनाए ।

उनले भने,”हामी नक्कली कुरामा विश्वास गर्दैनौं । नयाँ कुरा गर्दै नयाँ बाटो बनाएर हिंड्नु पर्छ । नयाँ सिर्जना गर्नुपर्छ भनेर नयाँ पार्टी बनाएको हो । केपीको दम्भका कारण उनी सत्ताको घोडाबाट भुईंमा बझारिएका छन् ।” नेपालले २८ वर्ष पहिले आफू विराटनगर आएको र महेन्द्र मोरङ्ग क्याम्पस पढेर बैंकमा जागिर खाएको स्मरण गरे । पछि जागिर छाडेर राजनीतिमा लागेको र त्यसबेला एकजना रामचन्द्र यादव पनि मोरङमा सक्रिय रहेको भन्दै नयाँ पार्टीले नयाँ उत्साह दिएको भन्दै गफ गरेर मात्र पार्टी नचल्ने बताए ।

उनले भने, “केही नेता गफ गर्छन तर पार्टीमा योगदान दिंदैनन् । अन्यत्र कम्युनिष्ट आन्दोलन सकिए पनि जनतामा कम्युनिष्ट पार्टीप्रति जनताको अझै विश्वास छ ।” नेपालले केपी ओली तानाशाह बनेको तर एमाले पार्टी भने पनि त्यहाँ उनको नीतिसँगै जोडिएको बताए । ओलीको पछिपछि बयलगाडाको सोच भएका मानिसहरू जाने भन्दै उनले नयाँ विचार बोक्ने आफूहरुतर्फ आउने जिकिर गरे । उनले एक हप्ताभित्र प्रदेश नं १ मा नेकपा (एस) को नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सदभाव र सामाजिक एकताको लागि दलीय गठबन्धनको नयाँ सरकार बनेको र राजनीतिक यात्रामा तलमाथि हुनु राजनीतिक खेल भएको बताए ।