यस कारण एमसिसी पास हुन सकेन – प्रवक्ता महरा


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १४ २०७८
6K
SHARES

१४ कात्तिक काठमाडौ। आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कृष्णबहादुर महराले आफ्नो पार्टी अध्यक्ष प्रचण्डको अडानकै कारण एमसिसी पास हुन नसकेको बताएका छन्।

उनले एमसिसी पास गर्न नपाएको झोकमा केपी शर्मा ओलीले नेकपा बिभाजन गराएको आरोप पनि लगाए।

कोहलपुरमा वाईसिएल नेपालले आइतबार आयोजना गरेको शुभकामना आदान-प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्ब सभामुख समेत रहेका महराले ओलीले नेकपा बिभाजन गरेर भएपनि एमसिसी पास गराउन पार्टी फुटाएको बताए ।

माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने दाबी पनि गरे । पार्टी प्रवक्ता समेत रहेका महराले सहिदका सपना र रगतका कारण आफ्नो पार्टीले राष्ट्रघात नगर्ने ठोकुवा गरे । एमसिसी पास गर्न नदिएका कारण अगामी निर्बाचनमा माओवादीलाई हराउन देशी-विदेश प्रतिक्रिया वादी शक्तिको चलखेल हुन सक्ने महराले बताए ।

उक्त कार्यक्रममा कोहलपुर ६ निवासी एमाले नेतृ एवम सौन्दर्य व्यवसायी सुनिता आरसी लगायत बिभिन्न पार्टी परित्याग गरि दुई दर्जन ब्यक्ति माओवादीमा प्रबेश गरेको सो पार्टीले जनाएको छ ।