ओलीले प्रचण्डको बैशाखीमा प्रधानमन्त्री भएर ठुलो कुरा नगर्दा हुन्छ – रेनु दाहाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १६ २०७८
10.7K
SHARES

१६ कात्तिक चितवन। आज भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो कुरा नगर्न चेतावनी दिएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् महानगरपालिका प्रमुख दाहालले प्रचण्डको बैशाखीमा दुईचोटी प्रधानमन्त्री भएको भन्दै ओलीलाई ठूलो कुरा नगर्न भन्दै चुनौति दिएकी हुन्।

उनले माओवादीसँगको सहकार्यले मात्र केपी ओली प्रधानमन्त्री बनेको बताइन्। उनले भनेकी छन्, ‘झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ?? हो भने हामीले साथ छोडीदीदा त सबै गल्र्यामगुर्लुम ढल्यो त।धेरै नै फुर्ती लाउने ले अब बनायर देखाए भो त। इतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला।’

सोमबार चितवनमा आयोजित कार्यक्रममा ओलीले प्रतिनिधिसभाको चुनाव र स्थानीयगरी दुईपटक प्रचण्ड र उनकी छोरी रेनुका लागि आफूले भोट मागेको बताउँदै अब त्यो गल्ती नदोहोर्याउने बताएका थिए।

Capture