नेप्से २४ विन्दुले बढ्दा कारोबार रकममा १.७ अर्बले गिरावट


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १६ २०७८
5.4K
SHARES

१६ कात्तिक काठमाडौ । साताको तेस्रो दिन मंगलबार सेयर बजार सामान्य उतारचढावबीच २३.७६ विन्दुले बढेर बन्द भएको छ । सोमबार सामान्य करेक्सन देखिएको बजार आज ०.८४ प्रतिशतले बढेको हो । बजार खुल्दा २८२४.८३ विन्दुमा रहेको नेप्से बन्द हुँदा २८४०.६६ मा उक्लेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५४ प्रतिशतले बढेर ५३१.४२ मा पुगेको छ ।

यस दिन कारोबार भएका १३ वटा समूहमध्ये तीनवटा समूहको सूचक रातो छ भने बाँकी १० वटाको सूचक हरियो छ । सूचक ओरालो लाग्नेमा बैंकिङ, लगानी र व्यापार समूह छन् । उकालो लाग्नेमध्ये सबैभन्दा अगाडि अन्य समूह छ । यो समूहको सूचक ३.७७ प्रतिशतले बढेको छ । विकास बैंक समूहको सूचक पनि तीन प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

बजार बढे पनि कारोबार रकम भने घट्दो क्रममा देखिएको छ । आज ५९ हजार ८८१ कारोबारबाट ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर ६ अर्ब सात करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँमा खरिदबिक्री भए । कारोबार रकम अघिल्लो दिनको करिब एक अर्ब ७० करोडभन्दा बढीले कम हो । सोमबार सात अर्ब ७८ करोड हाराहारीको कारोबार भएको थियो ।

मंगलबार कारोबार भएका २३० स्क्रिप्टमध्ये १५२ वटाको सेयर भाउ उकालो लागेको छ भने ५८ वटा स्क्रिप्टको भाउ ओरालो लागेको छ । १८ वटाको क्लोजिङ मूल्यमा कुनै परिवर्तन आएन । यस दिन साहस ऊर्जाको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ता परेका छन् । यो कम्पनीको सेयर मूल्य २.९५ प्रतिशतले घटेको छ