गठबन्धन चुनावसम्म जान्छ – प्रधानमन्त्री देउवा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक १८ २०७८
10.1K
SHARES
१८ कात्तिक काठमाडौ।आज प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।
बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताए ।
उनले भने, ‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट