सबैले देश बचाउन माओवादी खोज्दैछन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १८ २०७८
6.7K
SHARES

१८ कात्तिक काठमाडौ। आद नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी अरु दल जस्तो नभएको जिकीर गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी पार्टी अन्य दलजस्तो देखिएको तर त्यो नभएको स्पष्ट पारे ।

‘माओवादीले यत्रो जनयुद्ध गर्यो । परिवर्तन ल्यायो । हामी अन्य पार्टी भन्दा फरक पार्टी हौँ । तर पछिल्लो समय १५ वर्षयता माओवादी पार्टी अन्य पार्टी जस्तै भयौँ तर त्यो होइन’ उनले भने ।

अध्यक्ष प्रचण्डले माओवादीले पहिचानको मुद्धा नछोडि अघि बढाइरहेको पनि बताएका छन् । यसलाई अझ शसक्त तरिकाले अघि बढाउनेमा माओवादी प्रतिबद्ध रहेकोसमेत उनले उल्लेख गरेका छन्।

‘पहिचानको मुद्धा छोडेका छैनौँ। सविधानमा पहिचानको मुद्धा नसमेटिएकोमा हामीले बिरोध जनाएका छौँ ,’ उनले भने ‘यसका लागि हामीले देशभरी आन्दोलन गरेका छौँ। खुशीको कुरा हामीले माओवादीको महत्व बढेको छ।’

त्यस्तैगरी अध्यक्ष प्रचण्डले पछिल्लो समय मुलुको सबै क्षेत्रमा माओवादीको अकर्षण बढेको दावी गरेका छन् । उनले नेपालका हिमाली पहाडी र तराई क्षेत्रका बुद्धिजिवी नागरिकहरुले पनि देश बचाउन माओवादीको आवश्यकता अनुभूत गरेको बताए ।

‘यो देश बचाउन माओवादी खोजिरहेका छन् । तराइ पहाड हिमालका मानिसहरु पनि माओवादी खोजदैछन् । बुद्धिजिवी मानिसहरु पनि । उहाँहरु माओवादीमा आकर्षित भएको पाएको छौँ,’ उनले भने ।