राष्ट्रपति र ओलीबीच भेटघाट


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २१ २०७८
7.7K
SHARES

२१ कात्तिक काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी आज मध्याह्न साढे १२ बजेतिर शीतलनिवास पुगेका हुन् । भेटको विषयबारे खुलाइएको छैन ।

तर, भेटमा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल हुने बताइएको छ । एमालेको महाधिवेशन आउँदो मंसिर १०–१२ गते चितवनमा हुँदै छ ।