अबको स्थानीय निर्वाचनमा अत्यधिक मत पाउँछौँ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २३ २०७८
6.1K
SHARES

२३ कात्तिक मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गरेका छन् ।

एमाले मोरङ जिल्ला कमिटीद्वारा आज मोरङमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमालेले जनताको मनमा बस्नेगरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने जिकिर गरे ।

कार्यक्रममा सङ्घीय पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, प्रदेशसभाका सदस्य, पार्टी जिल्लास्तरीय कार्यकर्ता एवम् सर्वसाधारण नागरिकको उपस्थिति थियो ।