बैंकर्स संघको अध्यक्षमा उपाध्याय


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २३ २०७८
3.3K
SHARES

२३ काक्तिक  काठमाडौं । नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएकाे छ । आज भएकाे संघकाे साधारणसभाले नयाँ नेतृत्व चयन गरेकाे हाे ।

वर्तमान अध्यक्ष भुव कुमार दाहालकाे दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायकाे नेतृत्वमा संघकाे नयाँ कार्यसमिति चयन भएकाे हाे । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

संघकाे सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंकी अनुपमा खुण्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्ताेष काेइराला र एनआईसी एसिया बैंकका राेशनकुमार न्याैपाने चयन भएका छन् ।

यस्तै, संघका पूर्व अध्यक्षहरू अनिश केशरी शाह, अशाेक शम्शेर राणा र ज्ञानेन्द्र प्रसाद ढुङ्गाना सल्लाहकारमा रहेका छन् ।