प्रचण्डको सचिवालय हेरफेर , स्वकीय सचिवमा रमेश मल्ल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २६ २०७८
17.7K
SHARES

२६ कात्तिक काठमाडौ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको सचिवालय हेरफेर गरेको छ । कात्तिक २३ मा बसेको स्थायी कमिटी बैठकले सचिवालय हेरफेरको निर्णय गरेको हो ।

सचिवालयमा रहेका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । महरा लामो समयदेखि दाहालको सचिवालयमा थिए ।

हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको दाहालको सचिवालयले जनाएको छ । यसअघि दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा मल्लले सचिवालयमा बसेर काम गरेका थिए । दाहाल छोरी गंगा पनि स्वकीय सचिव छिन् ।