प्रधानन्यायाधीशको मात्रै राजीनामा मागेर समस्याको समाधान हुँदैन – एमाले नेता रायमाझी


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २७ २०७८
7.1K
SHARES

२७ कात्तिक काठमाडौं ।आज नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा आफूहरू नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेतिर एमालेको सोच नभएको बताए । प्रधानन्यायाधीशको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने जिकिर उनले गरे ।

उनले नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको आरोप समेत लगाए । पार्टी फुटाउनका लागि अध्यादेश ल्याइएको भन्दै उनले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम गठबन्धनको सरकारले गरेको धारणा जिकिर गरे ।

अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)मा भएका गलत प्रावधान हटाएर मात्रै संसद्बाट पारित गरिनुपर्ने धारणा उनले राखे । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनीष सुमनले अहिले अदालतभित्र भइरहेको विवादका विषयमा आफ्नो पार्टीले नजिकबाट नियालिरहेको भए पनि यसबारेमा कुनै धारणा नबनाएको बताए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैको लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गरे ।