माओवादी केन्द्रको ८ लाख पार्टी सदस्य पुग्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८
8.9K
SHARES

२ मंसिर काठमाडौं। अहिले नेकपा माओवादी केन्द्रको पार्टी सदस्यको संख्या ७ लाखभन्दा बढी पुगेको छ। हालै सम्पन्न पार्टी सदस्यता वितरण तथा नवीकरणका क्रममा सात लाखभन्दा बढीले सदस्यता नवीकरण तथा प्राप्त गरेका छन्।

अहिलेसम्म सात लाख भन्दा बढीले सदस्यता लिएको र बाँकी ५० हजार जना जतिले सदस्यता नवीकरण तथा नयाँ प्राप्त गर्न बाँकी रहेको सदस्यता वितरण तथा नवीकरण विभागका शिव खकुरेलले जानकारी दिए।

खकुरेलका अनुसार प्राविधिक कारण सदस्यता आवेदन दिन र नवीकरण गर्न बाँकी रहेकाले आज बेलुकासम्म समय पाएका छन्।

बाँकी रहेका विशेष र प्रवास समितिले केही दिनभित्र भरिसक्ने छन्। सबैले नवीकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्दा पार्टी सदस्य संख्या ८ लाख नाघ्ने उनले बताए। माओवादी केन्द्रले पहिलो पटक अनलाइन प्रणालीमार्फ