नेवि संघ सडकबाट बेपत्ता छ – अध्यक्ष तामाङ


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८
13.1K
SHARES

२ मंसिर काठमाडौ ।नेकपा माओवादी केन्द्रको विद्यार्थी विशेष जिल्लाको अध्यक्ष तथा अखिल(क्रान्तिकारी)का निवर्तमान अध्यक्ष रन्जित तामाङले पेट्रोलियम पदार्थमा गरिएको चरम मुल्यबृद्धिका बीच सडकमा अनुपस्थित रहेको नेबिसँघमाथी टिप्पणी गरेका छन ।

आज काठमाडौको माइतिघर मण्डलामा संयुक्त विद्यार्थी  सँगठनद्वारा पेट्रोलियम पदार्थमा हालै गरिएको व्यापक मुल्यबृद्धिको बिरोधमा संयूक्त बिध्यार्थी संगठनद्वारा आयोजित सडक बहस कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व विद्यार्थी  नेता तामाङले अआम जनता र विद्यार्थीहरुको चुल्हो सँग जोडिएको प्रश्नमा चुप लागेर , सडकबाट भागेर नेबिसँघ स्ववियू चुनावमा विद्यार्थीहरुका बिच कसरि जानसक्छ भन्दै प्रश्न समेत उठाएका छन ।

“सरकारले पटक पटक गरि पेट्रलियम पदार्थमा भारी मुल्यबृद्धि गरिराखेको छ। जनता आहत छन यहिबेला नेपाल विद्यार्थी संघ सडकबाट बेपत्ता छ। सडकमा आउन नेबिसंघलाई आग्रह गर्दै तामाङले भने ‘निर्णायक घडीमा जनजिविकाको प्रश्नमा मैदान छाडेर भागेको नेबिसंघले आउँदो स्ववियू निर्वचनको कसरि सामना गर्छ ? म नेबिसंघलाई गम्भिर बन्न आग्रह गर्छु ।’