रोटरी क्लबद्वारा श्री आजाद आधारभूत विद्यालयलाई सहयोग
३ मंसिर काठमाडौ । दया फाउण्डेशनद्वारा सहयोग प्रदान गर्दै आईरहेको काठमाण्डौ लगन स्थित सरकारी विद्यालय श्री आजाद आधारभूत विद्यालय २०७२ सालको महाभुकम्पले भौतिक संरचनाहरुमा क्षती पुर्याएको कारणले विद्यार्थीहरुलाई पठनपाठनमा कठिनाइ भैरहेको सन्दर्भमा, “रोटरी भूकम्प राहत कार्यक्रम ” अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाण्डौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ साथै क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरु समेत उपलब्ध गराएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि दया फाउण्डेशनका पूर्व अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधान हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लब अफ काठमाण्डौं मिड टाउनका प्रेसिडेन्ट प्रमोद पौडेल हुनुहुन्थ्यो ।
आज विद्यालय परिसरमा आयोजना गरिएको एक कार्यक्रमको माझ विद्यालय व्यवस्थापनलाई नव निर्मित कक्षा कोठा संगै डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरुको हस्तान्तरण गरियो ।