अध्यक्षमा निर्वाचित भएपछि ओलीले दिए पहिलो यस्तो अभिव्यक्ति


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १४ २०७८
6.2K
SHARES

१४ मंसिर चितवन ।आज दोस्रो कार्यकालका लागि निर्वाचित एमाले अध्यक्ष केपी शर्माले पार्टीमा अनुशासन उलङ्घन मान्य नहुने बताएका छन् ।

साँझ सौराहामा महाधिवेशन समापन गर्दै ओलीले पार्टीमा जाे सुकै भएपनि अनुशासन उलङ्घन मान्य नहुने बताएका हुन् ।

उनले अनुशासनविना बजारमात्र हुने पार्टी हुन नसक्ने बताए । पार्टी गैरजिम्मेवार भएर चल्न नसक्ने उनको भनाइ छ । दम्भी, अहंकारी नेता नहुने भन्दै ओलीले विनम्रताका साथ हरेक व्यक्तिप्रति सहिष्णुताका साथ अघि बढ्ने बताए ।