यस्तो निर्णय गर्दै एमालेको केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १४ २०७८
9.2K
SHARES

१४ मंसिर काठमाडौँ । आज नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक मंगलबार चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिए ।

पार्टीलाई अझ थप संगठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मंसिर २५ र २६ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् ।

यही मंसिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै मंगलबार सम्पन्न भएको हो । केन्द्रीय समिति ३०१ सदस्यीय रहेको छ ।