अखिल (क्रान्तिकारी)का पूर्व विधार्थी नेताहरु बने माओवादीको केन्द्रीय प्रतिनिधी
१६ मंसिर काठमाडौ । आज नेकपा (माओवादी केन्द्र)ले युवा विधार्थी सहितका नेताहरूलाई केन्द्रीय प्रतिनिधी बनाएको छ । आज वसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले पूर्व विधार्थी नेताहरुसहित लाई केन्द्रीय प्रतिनिधी बनाएको हो ।
यसरी प्रतिनिधी बनाइएकामा रमेश मल्ल, सन्तोष विष्ट , नरेन्द्र न्यौपाने, रत्न ढकाल, रन्जित तामाङ, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम हुन् । मल्ल, विष्ट, न्यौपाने , ढकाल र तामाङ अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हुन् ।
अधिकारी, बस्नेत, देवकोटा, भण्डारी र गौतम अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका आकाक्षी थिए । अध्यक्ष प्रचण्डले आकाक्षी नेताहरुलाई केन्द्रीय सदस्य बनाउने भन्दै पञ्चा सिंहलाई विधार्थीको अध्यक्ष बनाएका थिए ।