क्रान्तिकारी पत्रकारहरुले गम्भिर हुने बेला आएको छ – अध्यक्ष सिंह


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर १८ २०७८
6.4K
SHARES

१८ मंसिर काठमाडौ । आज अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले चितवन महाधिवेशनपछि मुलुकमा एमाले नामको अर्को राप्रपा थपिएको टिप्पणी गरेकी छन् ।

चितवनको भरतपुरमा शुरु भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो टिप्पणी गरेकी हुन् । अध्यक्ष सिंहले ईश्वर पोखरेल र कमल थापाहरुको स्वर मिल्नु केवल संयोग मात्र नभएको भन्दै चितवन अधिवेशनपछि एमालेमा पञ्चायत प्रेम बढ्दै गएको तर्क गरिन् ।

केहि दिनअघि एमाले उपाध्यक्ष ईश्वर पोखरेलले ‘राप्रपासँग कतिपय विषयहरुमा सहकार्य गर्न सकिने भनि दिएको अभिव्यक्तिप्रति  प्रतिकृया दिँदै सिंहले पोखरेल र थापाहरुको स्वर मिल्नु संयोग मात्र नभएको बताइन् ।

सिंहले मिडिया क्षेत्रलाई आधुनिक गोयबल्सहरुबाट जोगाउन अझै मेहनत गर्नुपर्नेमा जोड दिइन् । जनयुद्धका कठिन दिनहरुमा ज्यानको बाजी  थापेर जनताको आवाज बनेका क्रान्तिकारी पत्रकारहरुले अहिले गम्भिर हुने बेला आएको उनको भनाई थियो ।