कर्णाली प्रदेशको सभापतिमा शाही विजयी


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८
3.8K
SHARES

१९ मंसिर काठमाडौ । नेपाली काँग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् ।

आइतबार विहान आएको मत परिणाम अनुसार ललितजंग निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् । सभातिका अर्का प्रत्यासी मोतीराज बमले जम्मा ७ मत ल्याए ।