बागमती प्रदेशको सभापतिमा बानियाँ विजयी


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८
9.6K
SHARES

१९ मंसिर काठमाडौ । आज नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् ।बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।