मलाई न्याय चाहियो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २१ २०७८
10.7K
SHARES

२१ मंसिर काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास वालकोट पुगेका नेपाल बारका पदाधिकारीसँग ओलीले न्याय मागेका छन् । उनले आफू पटक–पटक अन्यायमा परेको भन्दै आफूले अहिलेसम्म न्याय नपाएको र न्याय चाँहिएको बताएका छन् ।

उनले भने, ‘मलाई २०२७ सालमा अनेरास्ववियु खोलेको नाममा मुद्दा लगाइयो र हराइयो, त्यस यता पटक–पटक मुद्दा लगाइयो तर, सधै हरायो अहिलेसम्म न्याय पाइएन । यस कारण मलाई न्याय चाहियो ।’ उनले थपे ‘अहिलेसम्म गल्ती गरिएन र गर्दै गर्दिनन् ।’

उनले अहिले पैसा हुनेले न्याय पाउने र पैसा नहुनेले न्याय नपाउने अवस्था सिर्जना भएको बताएका छन । उनले न्याय पैसामा किन बेच भएको भन्दै आफू पनि अहिलेसम्म न्याय किन्न नसकेर अन्यायमा परेको बताएका छन । उनले यो अवस्था परिवर्तन गर्नको लागि अहिले बारका वकिलहरुले आंसिक रुपमा मात्र मुद्दा उठाएको बताएका छन ।

ओलीले भने, ‘अहिलेको विषयमा तपाईहरुले उठाएको मुद्दा आंसिक मात्र हो । अदालत रुपान्तरणको लागि हो भने यो ठिक छ ।’ उनले न्यायालय सुधारको विषयमा एमाले अहिले पनि रहेको बताए ।

उनले यो मुद्दालाई पूर्णता दिनु पर्ने बताएका छन । उनले विकलहरुलाई भने, ‘तपाईहरुले उठाएको मुद्दा २० प्रतिशत मात्र हो, यसलाई १०० प्रतिशत बनाएर उठाउँनुस्’ । अहिले न्यायायलको भूमिका न्यायालय जस्तो नभएको ओलीको भनाइ छ ।