अहिले कांग्रेसमा सहमहामन्त्री ११ सहित केन्द्रीय समिति २२५ सदस्यीय बनाउने प्रस्ताव
२३ मंसिर काठमाडौं ।अहिले नेपाली कांग्रेसको संस्थापन पक्षले सहमहामन्त्री तीनजना थपेर ११ पुुर्याउन केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने भएको छ । आजको केन्द्रीय समिति बैठकमा पेस गर्न नेता रमेश लेखकले तयार पारेको प्रस्तावमा केन्द्रीय समितिको संख्या पनि २२५ पुर्याउने भनिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
संस्थापन पक्षका ती केन्द्रीय सदस्यका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुने भएपछि त्यो प्रस्ताव भने केन्द्रीय समितिमा पेस मात्र हुनेछ ।
“हामीले सहमहामन्त्री र केन्द्रीय सदस्यको संख्या थपेर धेरैजनालाई समेट्ने प्रयास गरेका हौँ भन्ने सन्देश त्यही प्रस्तावले दिनेछ,” ती केन्द्रीय सदस्यले भने, “तर, पौडेलको असहयोगका कारण समेट्ने उद्देश्य पूरा हुन नसकेको सन्देश पनि त्यसले नै दिनेछ ।”