यस्तो निर्णय गर्दै कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २३ २०७८
9.3K
SHARES

२३ मंसिर काठमाडौ  । कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ। बैठकले तीन प्रस्ताव पारित गरेको छ। १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको पार्टी बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

यस्तै बैठकले विधान संशोधनलगायत अनुमोदन पनि गरेको छ। उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन्।