वाषिर्कोत्सवको उपलक्ष्यमा एनसीसी बैंकको रक्तदान कार्यक्रम सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २४ २०७८
10.5K
SHARES

२४ मंसिर काठमाडौ ।  एन.सी.सी बैंक लिमिटेडको २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा मंसिर २३ गते बिहीवारका दिन बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गर्नु भएका काठमाडौँ  बागबजार निवासी श्री प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उहाँको योगदानलाई सम्मान गर्दै कदर प्रत्र प्रदान गर्नुभयो ।

साथै बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ्ग खाता”, “एनसीसी सुगम सिल्भर मुद्घती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता” र “एनसीसी सिल्भर रेमिट मुद्घती खाता” जस्ता आकर्षक  निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुदै आएको छ ।