मिलेन कुरा प्रकाशमान बैठकबाट बाहिरिए
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २४ २०७८
9.4K
SHARES
२४ मंसिर काठमाडौं ।अहिले संस्थापनइतर समूह फेरि पनि साझा उमेदवार तय गर्न असफल भएको छ । शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोह सकिएपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको भेला साझा उमेदवार तय गर्न असफल भएको हो ।
कुरा नमिल्ने देखिएपछि प्रकाशमान सिंह बैठकस्थलबाट बाहिरिएका छन् । शेखर कोइराला र डा. शशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएपनि सिंहले अडान नछोडेपछि साझा उमेदवार तय गर्न पौडेल समूहलाई सकस परेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट