कांग्रेसको १४औँ महाधिवेशन : सुरु भयो मतदान


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २७ २०७८
10K
SHARES

२७ मंसिर काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । आज बिहान ८ बजेदेखि हुने भनिएको मतदान चार घण्टा ढिलो गरी मध्याह्न करिब सवा १२ बजेदेखि सुरु भएको हो ।

राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रको बुथ ‘क’बाट मतदान सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ ।महाधिवेशनका लागि एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदानमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या चार हजार ७४३ कायम छ ।

१६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३४ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी रहेको पद भने सभापति निर्वाचित भएपछि मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।