पहिलो चरणमा खसेको मत ४६८१ : देउवालाई ४८.२३ प्रतिशत


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८
7.6K
SHARES

२८ मंसिर काठमाडौं । कांग्रेस सभापति चयनका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले पचास प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार पहिलो चरणमा जम्मा ४६८१ मत खसेको छ । जसमा सभापतिका उमेदवार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १७२९ मत प्राप्त गरेका  छन् । निर्वाचन समितिका अनुसार देउवाले कुल मतको ४८.२३ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुनका लागि कुल खसेको मतको पचास प्रतिशत मत प्राप्त गर्नु अनिवार्य छ । तर कुनै पनि उमेदवारको पचास प्रतिशत मत नआउँदा दोस्रो चरणमा जान लागेको हो । जसमा देउवालाई ८२ मत पुगेन भने कोइरालालाई ६११ मत अगुग भएको छ ।