अब देउवालाई सघाउँछु – सिंह


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८
3K
SHARES

२८ मंसिर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेका छन्। काँग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउन सकेनन्। अब देउवा र शेखर कोइरालाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ। सभापतिमा दाबी गरेका प्रकाशमान सिंहले ३७१ मत पाएका थिए।

त्यसैले शेखर र देउवा सिंहलाई आफ्नो समूहमा ल्याउन कोसिस गरिरहेका छन्। रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सहभागी भएर देउवा सिधै चाक्सीबारी पुगेका हुन्।

भेटपछि सिंहले आफ्नो समर्थन देउवालाई रहेको बताए। सिंहले देउवाले कमी कमजोरी सुधारेर अघि जाने बताएको र देउवालाई देशभरका प्रतिनिधिले बहुमत दिएर स्वीकार गरेकाले आफ्नो समर्थन रहेको बताए। देउवाले कमी कमजोरी सुधार गर्न प्रतिवद्धता जनाएकाले आफूले समर्थन दिएको सिहंले बताए।

‘अहिले दोस्रो राउण्ड चुनाव हुँदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ। त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौं,’ सिंहको भनाइ छ।