आवेग उत्तेजनामा नआउनुस् , परिणाम नराम्रो होला – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८
4K
SHARES

२८ मंसिर काठमाडौ । आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन्।

संसदीय दलको बैठकमा बोल्दै ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिएका हुन्।

उनले संसदमा आफ्नो पार्टीका सांसदहरुले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम राम्रो नहुने चेतावनी दिएका हुन्। ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि भनेका छन्।

उनले भने, ‘फेयर गराउन हामी बाध्य गराउछौँ। संसद पनि फेयरली चलाउनुपर्छ। त्यसैले नियमावली आकर्षित हुन्छ ? वाह ! संसदीय भाषा; नियमावली आकिर्षित हुन्छ। कहाँ कहाँ नियमावली आकर्षित हुन्छ ? त्यस बेला धम्की दिने जमाना थियो होला ! अब नदिए हुन्छ।

नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन। निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई; म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु। आवेग उत्तेजनामा नआउनुस्। परिणाम नराम्रो होला !’