न्याय नभएको हुनसक्छ, छाती फराकिलो पार्नुस् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८
8.1K
SHARES

२९ मंसिर काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट नेताहरूलाई छाती फराकिलो बनाउन आग्रह गरेका छन् ।बुधबार ललितपुरमा आयोजित मनोनीति केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा ओलीले असाधारण ढंगले दुई महिनाको बीचमा दुई महाधिवेशन गरिएको बताए । सो क्रममा कतिपयलाई न्याय गर्न नसकिएको पनि हुन सक्ने उनले उल्लेख गरे ।

“न्याय कतै नभएको पनि हुनसक्छ । उस्तैउस्ता ठानिएकोमा कतै सूचना नपुगेको, न्यायको विन्दुमा नपुगेको पनि हुनसक्छ,” उनले भने । कहिलेकहिले मानिस आफैँको पनि चित्त नबझ्ने उनले बताए । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीमा मनोनीत गर्दा, पोलिटब्युरो गठन र कार्यविभाजनमा कतिपय नेताहरूले असन्तुष्टि जनाएका थिए ।