ज्ञानेन्द्र र प्रचण्डको सहमतिमा उपद्रो भएको थियो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८
2.3K
SHARES

२९ मंसिर काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएर माघ १९ गतेको घटना भएको दाबी गरेका छन् ।

बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम उनले यस्तो टिप्पणी गरेका हुन् ।

“प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो । त्यसपछि २०६० मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा पाँचबुँदे सहमति गरेर,” ओलीले भने, “के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्‍यो नि ।”