कांग्रेस महामन्त्री मतगणना : गगन थापाले लिए अग्रता
१ पुस काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजामा गगन थापाले अग्रता लिएका छन् ।
एक सय मतगणना गर्दा गगन थापाले ७०, विश्वप्रकाश शर्माले ३४, डा. मीनेन्द्र रिजालले २१, डा. प्रकाशरण महतले ३१ , प्रदीप पौडेलले २७ र डा. राजाराम कार्कीले ४ मत पाएका छन् ।
महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहे पनि दुईजना निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना गरिँदै छ । करिब चार घण्टामा नतिजा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।