अब माओवादीमा चुनावी ढोका खुल्यो – अध्यक्ष तामाङ


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ७ २०७८
5.3K
SHARES

७ पुस काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी विशेष जिल्ला समितिका अध्यक्ष तथा अखिल(क्रान्तिकारी)का पूर्व अध्यक्ष रञ्जित तामाङले पार्टीमा आन्तरिक चुनावको ढोका खुलेको बताएका छन् ।

सहमति हुन नसकेपछि माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि चुनाव भएपछि अध्यक्ष तामाङले अब राष्ट्रिय सम्मेलनमा पनि चुनाव हुने संकेत देखा परेको बताए ।

बागमती प्रदेशमा चुनावमार्फत नेतृत्व चयन भएसँगै पार्टीमा चुनावी ढोका खुल्यो । अब पार्टीको केन्द्रीय समितिमा पनि चुनाव हुन सक्छ । राष्ट्रिय सम्मेलनमा पनि चुनाव हुने सम्भावना बढेको छ उनले भने ।