पार्टी किन सानो भयो राष्ट्रिय सम्मेलनले निष्कर्ष निकाल्छ – प्रवक्ता महरा


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ७ २०७८
9.5K
SHARES

७ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनको मुख्य लक्ष्य पार्टी निर्माण र विचार निर्माण गर्ने भएको बताएका छन्। बुधबार प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजित पत्रकार भेटघाटमा महराले सम्मेलन क्रान्तिकारी विचार र नयाँ पार्टी निर्माणमा केन्द्रित रहने बताएका हुन्।

प्रवक्ता महराले गम्भीर रुपले आफ्नै पार्टी निर्माणका बारेमा समीक्षा गरिने बताए। महराले भने, ‘२०६४ सालमा किन ठूलो पार्टी भयो, पछि किन सानो भयो र अब के गर्नुपर्छ भन्ने निष्कर्ष राष्ट्रिय सम्मेलनले निकाल्छ। यो विचार निर्माण गर्ने सम्मेलन हो।’

यसैलाई मध्यनजर गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दस्तावेज तयार गरिरहेको महराले जानकारी दिए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११–१३ सम्म हुँदैछ।