काँग्रेस प्रदेश २ सभापतिमा यादव निर्वाचित
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, पौस ९ २०७८
7.9K
SHARES
९ पुस धनुषा ।। नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षका यादव ९९६ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका छन् । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो ।
सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट