१४ वैशाखमा स्थानीय तहको चुनाव !


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ९ २०७८
10.8K
SHARES

९ पुस काठमाडौं ।आज  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग भएको छलफलमा आयोगले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेको छ ।

यदि कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।