हाम्रो पार्टी कसैसँग झुक्दैन – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ११ २०७८
7.8K
SHARES

११ पुस काठमाडौ । आज नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वैदेशिक हस्तक्षेपबाट देशलाई बचाउन आन्तरिक एकता सुदृढ तुल्याउनु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने ‘राष्ट्रियताको सवालमा हाम्रो पार्टी कहिल्यै कसैसँग नझुक्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख लोकतन्त्रलाई संस्थागत सुदृढीकरण गर्नुछ । आवश्यकताअनुसार संविधान संशोधन गर्दै परिस्थितिले माग गरेअनुसार लोकतन्त्रलाई अझै विकसित गर्दै लैजानु छ ।’

शान्ति प्रक्रियाको कार्यभार अझै पूरा नभएको पनि उनले बताए । सेना समायोजन, परिवर्तनको प्रक्रियालाई संस्थागत हुने गरी संविधान निर्माण भए पनि सत्य निरुपण तथा बेपत्ता नागरिकको अवस्था छानबिन गर्नुपर्ने काम बाँकी रहेको उनको भनाइ छ ।

सामाजिक न्यायसहितको समृद्धिको आकांक्षा, नेपाली जनताको मुहार फेर्ने अपेक्षा पूरा नभएको उनले प्रस्ट पारे । नेपाललाई बदल्न पार्टीहरू, नेताहरु बदलिउन् भन्ने जनताको चाहना रहेको उनले बताए ।