प्रचण्डको प्रतिवेदनमाथि २५ समूह , कुन समूहको नेता को ? (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १२ २०७८
13.9K
SHARES

१२ पुस काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द सत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनको समूहगत छलफलको प्रक्रिया सुरु भएको छ। प्रचण्डले बन्द सत्रमा पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ।

जसअनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ। जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन्। विभिन्न नेताहरूले संयोजन गर्ने गरी प्रदेशगत, जनवर्गीय संगठन र विभागहरू सम्मिलित समूह बनाएर छलफलका लागि स्थानहरू तोकिएको छ। प्रतिवेदनमाथि भोलि दिनभर छलफल हुने र बुधवार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ।

समूह, संयोजन गर्ने नेता र स्थानको सूची यस प्रकार छ :

१. ज्येष्ठ कम्युनिस्ट मञ्च, एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि।

२/३. सल्लाहकार कमिटी, संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा।

४/५. प्रदेश १ दुई भागमा बाँडेर हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल।

६/७. प्रदेश २ पारिजात हल, गणेश साह, यो पनि दुई भागमा।

८/९. लुम्बिनी प्रदेश, चक्रपाणि खनाल, सिद्धिचरण हल, पुस्तकालय।

१०/११. गण्डकी प्रदेश, गायत्री गुरुङ, पेरिसडाँडाको माथिल्लो हल।

१२. प्रवास समिति लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल।

१३/१४. कर्णाली प्रदेश, विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुई वटा हल।

१५/१६. सुदूरपश्चिम, खगराज भट्ट सोही प्यालेसको अर्को हल।

१७/१८. केन्द्रीय विभागहरू, माया प्रसाद शर्मा, क्वालिटी व्यांक्वेट, बुद्वनगर, दुई वटा समूह बनाएर।

१९. विशेष प्रदेश, जगत सिंखडा, सोही क्वालिटी व्यांक्वेटमा नै हुने।

२०/२१. सम्पर्क समन्वय प्रदेश, श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुली बजार, दुइटा समूह।

२२/२३. बागमती प्रदेश, काठमाडौं व्यांक्वेट, सरल सहयात्री।

२४. सम्पूर्ण आयोगहरू, काठमाडौं व्यांक्वेटमै, संयोजक विष्णु विकास श्रेष्ठ।

२५. जबस, मोर्चाका इन्चार्जहरू, केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने। यो पनि काठमाडौं व्यांक्वेटमै, अमृता थापा संयोजन।