फेरि लकडाउन हुँदैन – अर्थमन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २६ २०७८
9.9K
SHARES

२६ पुस काठमाडौं। नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन नहुने बताएका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि लकडाउन नहुने बताएका हुन्।

सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना संक्रमण नियन्त्रणका लागि फेरि लकडाउन नहुने बताए।

‘अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन,’ उनले भने, ‘फेरि लकडाउनको आशंका नगर्नु।’ उनले थला परेको अर्थतन्त्र भर्खरै चलायमान हुन थालेकाले अन्य उपाय अवलम्बन गर्नुपर्ने बताए।