संसारको सबैभन्दा तातो मरुभूमिमा हिउँ, के यो अचम्मको घटना हो ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ ६ २०७८
6K
SHARES

६ माघ काठमाडौं । सन् २०१६ को डिसेम्बरमा रातो बालुवामाथि हिउँ पर्दा सबैजना चकित भएका थिए । सहाराको प्रवेशद्वार भनिने अइन सेफ्रा नामको शहरका बासिन्दाले सन् १९७९ पछि पहिलो पटक सन् २०१६ मा हिउँ परेको बताएका थिए ।

सहारामा हिउँ पर्नु भनेको असाध्यै चकित पार्ने घटना होइन किनभने सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिउँ परेको थियो । अइन सेफ्रा शहरमा हिउँ परेको दृश्य, यसलाई सहाराको प्रवेशद्वार पनि भनिन्छ ।

तर, सन् २०१६ को डिसेम्बरमा रातो बालुवामा हिउँ पर्नु असामान्य घटना थियो । त्यहाँका स्थानीय बासिन्दाका अनुसार सहारामा थुप्रै अविश्वसनीय चिज सामान्य भइरहेका छन् ।

वरिपरिका शहर जस्तै मेकलिसका बच्चाका लागि यो ठूलै खुसीको खबरभन्दा कम छैन । यो संसारको सबैभन्दा तातो मरुभूमि हो, जहाँ प्रचण्ड गर्मी हुन्छ ।

पछिल्ला तीन रातदेखि एटलस पर्वतले घेरिएको शहरमा तापक्रम माइनस दुई डिग्री भएको छ । तर यसपटक अघिल्लो वर्षको तुलनामा खासै धेरै तापक्रम खस्किएको छैन ।