एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ९ २०७८
2.8K
SHARES

९ माघ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताएका छन । ‘कोरोना पुष्टि भएको खबर छ, म बाटोमा छु । विस्तृत पछि पार्टीले जानकारी गराउँछ’, उनले भने ।

ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।