कोरोना संक्रमित ह्वात्तै घट्यो , कति थपिए आज ?


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ९ २०७८
8.1K
SHARES

९ माघ काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।