प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १० २०७८
7.1K
SHARES

१० माघ काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए। बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि पनि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ।सरकारले पछिल्लो समय खोप अभियानलाई तिव्रता दिएको छ।

संक्रमणको दर बढिरहेकोले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ। अहिले यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ।